Skip to content

एचआईडिसिएलले साढे ३ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडाैं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ३.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

यस लाभांशध्ये १.५ प्रतिशत बोनस सेयर रहेको छ भने २ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो।

मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीकाे बैठकले पुस २१ गते, सोमबार चौधौँ वार्षिक साधारण सभा बोलाउने र साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ८ गते बुकक्लोज गर्ने निर्णय पनि गरेको छ।

कम्पनीकाे पुस ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T