Skip to content

प्रि–ओपन सेसनमा सामान्य अंक घट्यो सेयर बजार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा सेयर बजार सामान्य अंक घटेर बन्द भएको छ। आइतबार सो सेसनमा नेप्से सूचक ०.३२ अंक घटेर २६०७.०५ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०८ अंक बढेको छ।

आइतबार प्रि–ओपन सेसनमा ४८ कम्पनी ८१ पटकको कारोबारमा ७३ लाख ८१ हजार १८५ रुपैयाँ ९० पैसाबराबरको १४ हजार ४०१ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ कम्पनी मूल्य बढेको छ भने २९ कम्पनी मूल्य घटेको छ। बाँकी ३ कम्पनी मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima