Skip to content

रिलायन्स स्पीनिङ मिल्सको आईपीओः छानविन गरेर कारवाही गर्न बोर्डलाई मन्त्रालयको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले बुक विल्डिङ्ग प्रक्रियाबाट सेयर निष्कासन गरेको रिलायन्स स्पीनिङ मिल्सको आईपीओको छानविन र कारवाही गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएको छ ।

मन्त्रालयले पुस १ गते बोर्डलाई पत्र पठाउँदै छानविन तथा आवश्यक कारवाही गर्न निर्देशन दिएको हो । मन्त्रालयले रिलायान्सको आईपीओको छानविन गरी गरेको कारवाहीको जानकारी मन्त्रालयमा गराउन भनेको छ ।

‘रिलायन्स स्पीनिङ मिल्सको सेयर बुक विल्डिङ्ग प्रक्रिबाट निस्काशन गर्ने सम्बन्धमा भएका काम कारवाही तथा तहाँसँग सम्बन्धित अन्य विषयहरुमा विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार उपर मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ’ मन्त्रालयले पठाएको पत्रमा भनिएको छ ‘संलग्न उजुरी समेतमा उठाइएका विषयहरु सम्वन्धमा छानविन गरी आवश्यक कारवाही गर्नुहुन र सोको जाकारी मन्त्रालयमा पठाउनु मिति २०८२–८–२९ को राजस्व सचिव स्तरको निर्णय अनुसार अनुरोध छ’ भनिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi