Skip to content

सिवाईसी नेपाल लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १३.४३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १२.७६ प्रतिशत बोनस सेयर रहेको छ भने ०.६७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima