Skip to content

मायाखोला हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न साधारण सभा बोलायो

काठमाडौं । मायाखोला हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले पुस ३८ गते, सोमबार, धुम्र बाराह भेन्यु, धुम्बाराहिमा नवौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले नियमावलीको नियम ७ मा हकप्रद शेयर सम्बन्धि व्यवस्था थप गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T