Skip to content

अन्तराष्ट्रिय सहित २० निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद प्रक्रियामा लापरबाही र सम्झौता उल्लङ्घन गर्ने निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको उक्त कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ बमोजिम उनीहरूलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ ।

कार्यालयका अनुसार आइतबारको निर्णयअनुसार १८ निर्माण कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ भने २ कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ। कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।

कालोसूचीमा पर्ने कम्पनीहरूमा गणेश निर्माण सेवा, ठोसे–५ रामेछापको रहेको छ । कालो सूचीमा परेको यस कम्पनीको मुख्य व्यक्ति टेकबहादुर कार्की रहेका छन् । यसैगरी, कालो सूचीमा पर्ने दोस्रो कम्पनी किशोर एण्ड नवीन कम्पनी एण्ड सप्लायर्स, भिरकोट–७ दोलखाको रहेको छ । यस कम्पनीको मुख्य व्यक्ति बसन्त थापा रहेका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima