Skip to content

राष्ट्रिय स्तरका विकास बैंकको लाभांश उच्च, ६ वटाले गरेनन् समयमा एजिएम

nabil bank

काठमाडौं । हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएर सेयर कारोबार भइरहेको विकास बैंकमध्ये ८ विकास बैंकले गत आवको नाफाबाट लाभांश घोषणा गरेका छन् । नेप्से सूचीकृत ७ राष्ट्रिय स्तरको विकास बैंक र एक जिल्ला स्तरीय विकास बैंकले गत आवको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेका हुन।

नेपाल राष्ट्र बैंकका अनुसार हाल राष्ट्रिय स्थरका ८ वटा विकास बैंक सञ्चालनमा रहेका छन् । जसमध्ये ७ वटा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषण गरिसकेका छन् ।

गत आवको नाफाबाट लाभांश घोषण गर्ने विकास बैंकहरु कामना, मुक्तिनाथ, गरिमा, महालक्ष्मी, साईनरेससुङगा डेभलपमेन्ट र सांग्रिला डेभलपमेन्ट बैंक रहेका छन् ।

गत आर्थिक वर्षको नाफाबाट एउटा जिल्ला स्तरीय विकास बैंकले लाभांश घोषणा गरेको छ । ग्रिन डेभलपमेन्ट बैंकले गत आवको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश दिने घोषणा गरेको हो ।

यसैगरी, एक विकास बैंकले गत आवको नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गर्दै साधारण सभा बोलाएको छ । बाँकी ७ वटा जिल्ला स्तरीय विकास बैंकले साधारण सभा नै घोषणा गर्न सकेका छैनन् ।

लाभांश घोषणा गर्ने विकास बैंकहरुले न्यूनतम ८.४६ प्रतिशतदेखि अधिकतम १८.२० प्रतिशतसम्म लाभांश वितरण गरेका छन् । गत आर्थिक वर्षको नाफाबाट सबैभन्दा धेरै लाभांश दिने विकास बैंक मुक्तिनाथ विकास बैंक रहेको छ । यस बैंकले गत आर्थिक वर्षको नाफाबाट १८.२० प्रतिशत लाभांश वितरण गरेको छ ।

यसैगरी, गत आवको नाफाबाट सबैभन्दा थोरै लाभांश घोषणा गर्ने विकास बैंक ग्रिन डेभलपमेन्ट बैंक रहेको छ । यस बैंकले गत आवको नाफाबाट आफ्ना लगानीकर्तालाई ८.४६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

नेपाल राष्ट्र बैंकको नियमनमा रहेका विकास बैंकहरूले कम्पनी ऐन, २०६३ तथा राष्ट्र बैंकका निर्देशनअनुसार आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था छ। यही व्यवस्थाअनुसार राष्ट्रिय स्थरका ७ वटा र जिल्ला स्तरको २ विकास बैंकले साधारण सभा सम्पन्न गरिसकेका छन् । तर, ७ वटा विकास बैंकले भने हालसम्म साधारण सभा नै घोषणा गरेका छैनन् ।

गत आर्थिक वर्षको साधारण सभा समयमा नै सक्ने सबैभन्दा पहिलो कामना सेवा विकास बैंकले २०८२ असोज २४ गते एजीएम प्रयोजनका लागि बुक क्लोज गरेको थियो। बैंकले असोज २४ गते बुक क्लोज गरी कात्तिकभित्र साधारण सभा सम्पन्न गरेको हो ।

त्यसपछि मुक्तिनाथ विकास, गरिमा विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, शाङ्ग्रिला डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक ग्रिन डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंकले पनि साधारण सभा सम्पन्न गरिसकेका छन् ।

कुन बैंकको लाभांश कति ?
आर्थिक वर्ष २०८१÷८२ को नाफाबाट सबैभन्दा धेरै लाभांश घोषणा गर्ने विकास बैंकको सूचीमा मुक्तिनाथ विकास बैंक अगाडि देखिएको छ। बैंकले सेयरधनीलाई १३.५३ प्रतिशत बोनस सेयर र ४.६७ प्रतिशत नगद लाभांश गरी कुल १८.२ प्रतिशत लाभांश वितरण गरेको छ।

कामना सेवा विकास बैंकले १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको छ ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ३ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश वितरण गरेको छ ।

गरिमा विकास बैंकले ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गरेको छ । यसैगरी, सांग्रिला डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोनस सेयर र ५.३५८३
प्रतिशत नगद लाभांश गरी कुल १०.३५८३ प्रतिशत लाभांश दिएको छ ।

महालक्ष्मी विकास बैंकले ५ प्रतिशत बोनस सेयर र ५.३७ प्रतिशत नगद लाभांश गरी कुल १०.३७ प्रतिशत लाभांश घोषणा गरेको छ। मितेरी डेभलपमेन्ट बैंकले भने बोनस सेयर वितरण नगरी १० प्रतिशत नगद लाभांश मात्र वितरण गर्ने निर्णय गरेको छ।

ग्रिन डेभलपमेन्ट बैंकले ८.०३९६ प्रतिशत बोनस सेयर र ०.४२३१ प्रतिशत नगद लाभांश गरी कुल ८.४६२७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

गत आर्थिक वर्षको नाफाबाट लुम्बिनी विकास बैंकले एजीएम घोषणा गरिसकेको छ । तर, यस बैंकले गत आवको नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।

नेप्सेमा उपलब्ध तथ्यांकअनुसार सूचीकृत विकास बैंकहरूमध्ये केहीले हालसम्म वार्षिक साधारण सभा घोषणा गरेका छैनन्। एजीएम घोषणा नगरेका विकास बैंकहरूमा नारायणी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक तथा सप्तकोसी डेभलपमेन्ट बैंक रहेका छन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi