Skip to content

रसुवामा सडक तथा पूर्वाधारको गुणस्तर सुनिश्चित गर्न निर्माण सामग्रीको प्रयोगशाला परीक्षण

nabil bank

रसुवा । जिल्लाभित्र निर्माणाधीन सडक तथा पूर्वाधारको गुणस्तर सुनिश्चित गर्न जिल्लामा निर्माण सामग्रीको प्रयोगशाला परीक्षण सुरुआत गरिएको छ । जिल्लाको पूर्वाधार विकास कार्यालयले धुञ्चेमा आधुनिक परीक्षण उपकरण स्थापना गर्दै यस्तो व्यवस्था लागू गरेको हो । यसबाट जिल्लाका सडक निर्माणलाई दिगो, भरपर्दो र भविष्यसम्म उपयोगी बनाउने विश्वास गरिएको छ ।

कार्यालयका अनुसार जडान गरिएका उपकरणमार्फत गिट्टी, बेस, ग्राभेल र कालोपत्रलगायत निर्माण सामग्रीको वैज्ञानिक परीक्षण गर्न सकिनेछ । यसअघि यस्ता परीक्षणका लागि बाहिरी जिल्लामा निर्भर रहनुपर्ने अवस्था थियो । अब जिल्लामै परीक्षण सम्भव भएपछि निर्माण प्रक्रियामा पारदर्शीता र गुणस्तर दुवै बढ्ने जनाइएको छ ।

कार्यालय प्रमुख रवीन मर्हजनले पाँचजना दक्ष प्राविधिक परीक्षण कार्यमा खटिएको जानकारी दिँदै उपकरण जडानपछि निर्माण कम्पनी वा उपभोक्ता समितिले सामग्रीको मात्रा वा गुणस्तरमा कुनै छलकपड गर्न नसक्ने अवस्था सिर्जना भएको बताए । उनका अनुसार परीक्षणका लागि आवश्यक सामग्री भिजाउने पोखरीसमेत निर्माण गरिएको छ, जसले प्रयोगशाला पूर्ण रूपमा सञ्चालनयोग्य बनेको छ ।

विसं २०८१ भदौमा स्थापना भएको कार्यालयले छोटो अवधिमै उल्लेखनीय प्रगति गरेको छ । हालसम्म नमूनाका रूपमा तीन दशमलव ३६५ किमी नयाँ सडक ट्र्याक खोल्ने, तीन दशमलव ४७८ किमी सडक ढलान गर्ने, १०.६३८ किमी सडक कालोपत्र गर्ने तथा २०.४७ किमी सडकमा ग्राभेल गर्ने काम सम्पन्न भइसकेको कार्यालयले जनाएको छ । यी उपलब्धिले कार्यालयको कार्यदक्षता र प्राविधिक टोलीको सक्रियता झल्किएको जनाइएको छ ।

स्थानीयवासीले गुणस्तरीय पूर्वाधार विकासले रसुवालाई नमूना जिल्ला बनाउने अपेक्षा व्यक्त गरेका छन् । कार्यालयले कुन क्षेत्रमा कस्तो पूर्वाधार आवश्यक छ भन्ने विषयमा प्राविधिक टोलीले स्थलगत अध्ययनलाई पनि प्राथमिकता दिएको जनाएको छ ।

यस पहलले प्राविधिकको मनोबल अझ उच्च बनाएको छ । गुणस्तर परीक्षण प्रणालीको सुरुआतसँगै अब रसुवामा निर्माण हुने सडक तथा संरचना थप टिकाउ, सुरक्षित र विश्वासयोग्य हुने विश्वास गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi