Skip to content

न्यायाधीश रेग्मीको इजलासमा दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइ हुँदै

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। उक्त रिट सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा पेसी तोकिएको हो।

भक्तपुरस्थित आफ्नै निवासबाट सुरक्षाकर्मीले पक्राउ गरेपछि प्रसाईंको तर्फबाट अधिवक्ता सुरेश बोहराले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। रिटमा गैरकानुनी रूपमा थुनामा राखिएको जिकिर गर्दै तत्काल रिहाइको माग गरिएको छ।

गत आइतबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। यसअघि विद्युतीय अपराधसम्बन्धी मुद्दामा माघ २५ गते हाजिर जमानीमा रिहा भएका प्रसाईंलाई फागुन ४ गते पुनः पक्राउ गरिएको थियो।

निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोप लागे पनि यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको आदेशमा उनी फागुन १३ गते रिहा भएका थिए। तर सर्वोच्चको आदेशबाट छुटेको चार दिनमै उनी फेरि नियन्त्रणमा परेका हुन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima