काठमाडौं । नेपाली कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले मतदान गरेका छन् ।
कञ्जनपुर–३ को वेदकोट नगरपालिका–८ स्थित बैजनाथ मावि गयलनदी केन्द्रबाट मतदान गरेका हुन्। कञ्चनपुर ३ बाट चुनाव लड्दै आएका लेखक चुनावी मैदानमा छैनन्।
सभापति गगन थापाले कञ्चनपुर ३ मा हरिबहादुर बोहरालाई उम्मेदवार बनाएपछि लेखकले खुलेर साथ दिएका थिए। लामो समय कञ्चनपुरमै रहेका उनी मतदान गरेर केही दिनमा काठमाडौं फर्किने छन्












प्रतिक्रिया दिनुहोस्