Skip to content

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलश पाण्डे विजयी भएका छन् । एडी लामालाई पराजित गर्दै कालिका कन्स्ट्रक्सनका कार्यकारी निर्देशक पाण्डे महासंघको अध्यक्ष भएका हुन् ।
महासंघको महासचिवमा शिवहरि घिमिरे निर्वाचित भएका छन् । यसैगरी कोशी प्रदेश उपाध्यक्षमा धिरेन्द्र दाहाल, मधेस प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर, बागमती प्रदेश उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेश उपाध्यक्षमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेश उपाध्यक्षमा शहदेव खड्का, कर्णाली प्रदेश उपाध्यक्षमा हिमबहादुर बुढा, सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाशबहादुर शेट्टी विजयी भए ।
नीतिगत उपमहासचिवमा मंगल शाही विजयी भएका छन् भने आन्तरिक उपमहासचिवमा सन्तोष शाह विजयी भए । महिलातर्फको उपाध्यक्षमा गंगा पोखरेल विजयी भएकी छन् । यसैगरी, कोषाध्यक्षमा उज्ज्वल गौतम विजयी र सहकोषाध्यक्षमा उपेन्द्र घिसिङ विजयी भए ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima