Skip to content

मध्यराति रुपन्देहीमा गोली चल्यो

nabil
global ime

लुम्बिनी । रुपन्देहीमा प्रहरीले गए राति लागुऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन जनालाई गोली प्रहार गरेको छ ।

प्रहरीले लागुऔषध ओसारपसारमा सक्रिय रहेको सूचनाका आधारमा आकस्मिक ‘चेकपोइन्ट’ खडा गरी चेकजाँच गर्ने क्रममा कोटहवाबाट छिपागढ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आउँदै गरेका तीनजना युवा नियन्त्रणमा लिनेक्रममा गोली चलाइएको प्रहरीले जनाएको छ ।

त्यसक्रममा प्रहरीले रुपन्देहीको रोहिणी गाउँपालिका–२ खुरहुरियाका विशाल यादव, भारतको महाराजगञ्ज, पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र सोही स्थानका २० वर्षीय विनय पाण्डेयलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार रोहिणी गाउँपालिका–४ कोटहवामा लागुऔषध ओसारपसारको सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो भैरहवा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । कोटहवाबाट छिपागढतर्फ आइरहेको तीन जना सवार युपी ५६ एफ ९९०१ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्न खोज्दा भाग्ने क्रममा उनीहरु लडेका थिए ।

प्रहरीले लडेका युवकहरुलाई नियन्त्रणमा लिने क्रममा ती युवकले प्रहरीलाई नै ढुङ्गा प्रहार गर्दा प्रहरी घाइते भएपछि एक राउण्ड हवाई फायरसहित दुई राउण्ड गोली प्रहार गरी उनीहरुलाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए ।

बाँया खुट्टाको पिडुलामा गोली लागेर घाइते भएका यादवको भीम अस्पतालमा उपचार भइरहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । पक्राउ परेकाहरुले प्रयोग गरेको मोटरसाइकल चेकजाँच गर्दा लागुऔषध फेनरागन ११०० एम्पुल, डाइजेपाम ११०० एम्पुल र ब्रुफिन ११०० एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T