Skip to content

‘एनसेल बिजनेस बाह्रखरी गल्फ तथा इकोनोमिक सिम्पोजियम’ आयोजना गरिने

nabil bank

काठमाडौं । ‘एनसेल बिजनेस बाह्रखरी आमन्त्रण गल्फ प्रतियोगिता’ को नवौँ संस्करण र इकोनोमिक सिम्पोजियम’ यस वर्ष काठमाडौंमा गरिने भएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा बाह्रखरी मिडियाले प्रतियोगिता र आर्थिक परिसंवाद गर्न लागेको जनाएको छ । कार्यक्रम वैशाख १९ गते गोकर्ण गल्फ कोर्समा हुने जनाइएको छ ।

बाह्रखरी मिडियाले नियमित रूपमा यो प्रतियोगिता र कार्यक्रम आयोजना गर्दै आएको छ ।

प्रतिष्ठित व्यावसायिक र आर्थिक क्षेत्रका अग्रणीलाई गल्फ खेलमा प्रतिस्पर्धा गराउने, इकोनोमिक सिम्पोजियममार्फत मुलुकको आर्थिक अवस्थामाथि मन्थन गरेर सरकारलाई नीति निर्माण र निर्णय प्रक्रियामा सहज तुल्याउने उद्देश्यले नवौँ संस्करण आयोजना गरिएको बाह्रखरी मिडियाले जनाएको छ ।

प्रतियोगितामा विगतमा जस्तै यस वर्ष पनि विदेशी खेलाडीको सहभागिता रहनेछ । काठमाडौंसहित पोखरा, धरान, चितवन, बुटवल, नेपालगन्जलगायत क्षेत्रका कर्पोरेट गल्फर, न्यायाधीश र केही सरकारी उच्च अधिकारीले पनि प्रतियोगितामा सहभागिता जनाउने जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतियोगिताका ‘अल–राउन्ड’ विजेताले २४ क्यारेट सुनले बनेको गल्फ बल तथा अन्य पुरस्कार प्राप्त गर्ने बाह्रखरीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
citizen life
MAK 4T
Arghakhachi