काठमाडौं । सर्वोच्च अदालतले पूर्वऊर्जामन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ ।
कामु प्राधनन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले खड्कालाई दिइएको पक्राउ पूर्जी र म्याद थप कानुन संगत नदेखिएको भन्दै तत्काल थुनामुक्त गर्न आदेश दिएको हो ।
‘खड्कालाई हिरासत बाहिर बसेर नै अनुसन्धान गर्न सकिने प्रकृतिको देखिएको निष्कर्ष निकाल्दै सम्बन्धित अदालतबाट अनुमति लिएरमात्र विदेश जान दिनू’ आदेशमा भनिएको छ ।
खड्काको रिहाइका लागि उनकी पत्नी बिनिता थापाले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।













प्रतिक्रिया दिनुहोस्