काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको सञ्चालक समिति पुनर्गठन भएको छ ।
वैशाख ४ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि दिएका राजीनामा स्वीकृत गर्दै सोही बैठकले नयाँ सञ्चालक पुनर्गठन गरेको जनाएको छ । आगामी बार्षिक साधारणसभा सम्मका लागि २ जना सञ्चालक नियुक्त गरेको छ ।
कम्पनीले अमित मोर, राजीव मोर, शुभेच्छा खरेल र शुभाष कुमार झुनझुनवालाको राजीनामा स्वीकृत गरेको छ। यस्तै नयाँ सञ्चालकमा कालिका फिन्कोर्पको तर्फबाट दीपक कुमार मिश्र र स्वतन्त्र सञ्चालकमा आशिष चन्द्र न्यौपानेलाई नियुक्त गरेको छ ।












प्रतिक्रिया दिनुहोस्