काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
विवरण अनुसार काठमाडौंको टोखा नगरपालिकामा पत्नी कामना शर्मा पण्डितका नाममा २ करोड २० लाख रुपैयाँ पर्ने जग्गा रहेको छ । उक्त सम्पत्ति श्रीमतीको आय र बैंक ऋण भएको उल्लेख छ ।
काठमाडौंको तारकेश्वरमा श्रीमतीको नाममा ६९ लाख रुपैयाँको जग्गा रहेको छ भने कैलालीको धनगढीमा आफ्नो नाममा १० लाख रुपैयाँको जग्गा रहेको छ ।
बुबा केशरीराज पण्डितका नाममा तनहुँको दमौलीमा ११ रोपनी जग्गा र आमाको नाममा काठमाडौंमा ६ रोपनी जग्गा रहेको । आमाको नाममा काठमाडौंको सामाखुशीमा साढे २ तले घर रहेको रहेको छ । यो घर पैतृक सम्पत्ति भएको जनाइएको छ ।
पण्डितसँग २० तोला सुन, २५० तोला चाँदी र करिब २ लाख रुपैयाँको हिरा रहेको छ । उक्त सम्पत्तिको स्रोत विवाह, पास्नी तथा निजी आर्जन भएको उल्लेख छ ।
उनले नेपाल राष्ट्र बैंक, कर्मचारी सञ्चय कोष तथा विभिन्न बैंकहरूमा गरी २ करोड रुपैयाँभन्दा बढी बचत रहेको उल्लेख गरेका छन् । विभिन्न कम्पनीमा ७ सयभन्दा बढी कित्ता सेयर लगानी रहेको छ । श्रीमतीको नाममा इ२० महिन्द्रा इभी गाडी र २ मोटरसाइकल तथा आफ्नो नाममा एक मोटरसाइकल रहेको उल्लेख छ ।
पण्डित चैत २४ गते नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त भएका हुन् ।












प्रतिक्रिया दिनुहोस्