काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनासम्ममा राष्ट्रिय स्तरका विकास बैंकले ५ अर्ब ५० करोड ३५ लाख ७४ हजार रुपैयाँ नाफा कमाएका छन् ।
यो नाफा गत आवको सोही अवधिको तुलनामा ४९.०३ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा विकास बैंकहरुले ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँ रहेको थियो ।
यो अवधिमा धेरै नाफा गर्नेमा गरिमा विकास बैंक पहिलो स्थानमा रहेको छ । बैंकले १ अर्ब ४ करोड ८२ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको हो । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४२.९१ प्रतिशतले धेरै हो ।
धेरै नाफा कमाउने दोस्रो नम्बरमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकले ९४ करोड २६ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३०.०४ प्रतिशतले धेरै हो ।
यस्तै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ५३.३८ प्रतिशतले बढेर ७८ करोड ८४ लाख रुपैयाँ रहेको छ । यस्तै ज्योति विकास बैंकको १०५ प्रतिशतले बढेर ६२ करोड ९४ लाख रहेको छ ।
कामना सेवा विकास बैंकको नाफा १९.३७ प्रतिशतले बढेर ५८ करोड ८६ लाख रहेको छ।
लुम्बिनी विकास बैंकको नाफा १०२८.३ प्रतिशतले बढेर ५६ करोड १६ लाख रुपैयाँ रहेको छ । सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ११.५९ प्रतिशतले बढेर ४८ करोड ४५ लाख रुपैयाँ रहेको छ भने महालक्ष्मी विकास बैंकको ५.३६ प्रतिशतले बढेर ४५ करोड ९९ लाख रुपैयाँ रहेको छ ।













प्रतिक्रिया दिनुहोस्