Skip to content

नेपाली कांग्रेसले गर्यो ठेकेदार कान्छाराम तामाईलाई कारबाही

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले रामेछाप जिल्ला सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम) लाई कारबाही गरेको छ । आज बसेको बैठकले कांग्रेस रामेछाप जिल्लाको सभापति पदमा रही कामकाज गर्न नपाउने गरी तामाङलाई निलम्वन गर्ने निर्णय गरेको जनाएको छ ।

वैशाख ७ गतेको निर्णय अनुसार अनुशासन उल्लघंनको कसुरमा स्पष्टिकरण सोधिएकोमा तामाङले पार्टी नेतृत्वका विरुद्धमा वद्नियत राखी भ्रमपूर्ण र तथ्यहिन अभिव्यक्ति दिएको कुरालाई स्वीकार गरी त्यस्तो अभिप्राय थिएन वैशाख ८ गते ददिएको स्पष्टिकरण जवाफ प्रारम्भिक रुपमा हेर्दा सन्तोषजनक एवं चित्तवुझ्दो नभएको हुँदा कारबाही गरेको जनाएको छ ।

ठेकेदार समेत रहेका तामाङलाई सभापति पदमा राखिराख्दा अनुसन्धान कार्य प्रभावित हुने भएकाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (८) (ङ) तथा नियमावली, २०७६ को नियम २८ (३) बमोजिम अनुशासन उल्लघंन गरेको कसुरमा निर्णय नहुन्जेल सम्मका लागि आजैका मितिदेखि नेपाली कांग्रेस रामेछाप जिल्लाको सभापति पदमा रही कामकाज गर्न नपाउने गरी निलम्वन गर्ने निर्णय गरेको जनाएको छ ।

आज समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा बसेको बैठकले कांग्रेस केन्द्रीय अनुशासन समितिको वैशाख २ गतेको निर्णयानुसार पूर्व कावा सभापति पूर्णबहादुर खडकालाई पदिय जिम्मेवारीका सम्बन्धमा स्पस्टिकरण सोधिएकोमा सर्बोच्च अदालतको वैशाख ४ गतेको फैसला पश्चात् उक्त निर्णयको औचित्य समाप्त भएकोले हाल यस विषयको निर्णय प्रक्रियालाई तामेलीमा राख्ने निर्णय गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima