Skip to content

व्यवसायी अग्रवाल पक्राउ

nabil bank

काठमाडौं । प्रहरीले व्यवसायी नवीन कुमार अग्रवाल पक्राउ गरेको छ ।

उनलाई लिखतसम्बन्धी कसूरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले बिहीबार पक्राउ गरेको हो ।

अग्रवालले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ बमोजिम २०७६-१२-२४ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम अर्को सूचना प्रकाशित नभएसम्म छोकडा पैठारीमा पूर्ण बन्देज लगाईएको अवस्थामा वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल, काठमाडौँको लेटरहेड, छाप र पुर्वमहानिर्देशकको नाम र हस्ताक्षर प्रयोग गरी १०० टन छोकडा (खजुर) आयातको लागि किर्ते अनुमती पत्र तयार गरी विरगञ्ज भन्सार कार्यालयमा पेश गरेको पाएपछि पक्राउ गरेको हो ।
उनलाई अदालतबाट पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएको जनाइएको छ ।

अग्रवाल काठमाडौं महानगरपालिका–६ क्षेत्रमा बसोबास गर्दै आएका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi