Skip to content

लागूऔषधसहित १५ जना पक्राउ, अन्य कसुरमा कति पक्राउ परे? 

nabil bank
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषध सहित १५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ, ललितपुर, रुपन्देही, सिराहा, चितवन, नवलपरासी पूर्व, कैलाली, सुनसरी र सुर्खेतबाट उनीहरू पक्राउ परेका हुन् । उनीहरूका साथबाट चिकित्सकको सिफारिसमा मात्रै खरिद गर्न पाइने नियन्त्रित लागूऔषध नोर्फिन, फेनारगन, स्पास्पेन, ट्रामाडोल, आइपिपिएल र  डाइजेपाम तथा लागुऔषध खैरो हेरोइन र गाँजा बरामद भएको छ ।
यसैगरी, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । बागलुङको काठेखोला गाउँपालिका–३ का २२ वर्षीय सन्दीप थापा मगर, काठमाडौँ महानगरपालिका–३ का ४३ वर्षीय निरबहादुर कार्की, सर्लाहीको चक्रघट्टा गाउँपालिका–२ का ३९ वर्षीय विजयकुमार यादव, काठमाडौँ चन्द्रागिरी नगरपालिका–५ का चिरन्जिवी अधिकारी र रामेछाप लिखु तामाकोशी गाउँपालिका–१ का ३० वर्षीय प्रवेश गुरूङ पक्राउ परेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
उनीहरूले माल्टा, क्रोएसिया, क्यानडा र मकाउ पठाइदिने भन्दै सर्वसाधारणसँग ५० लाखभन्दा बढी ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको छ ।
यसैगरी, चेक अनादर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–७ घर भएका ४७ वर्षीय पूर्णबहादुर डिम्डुङ र तेह्रथुमको फिदिम नगरपालिका–४ का ५८ वर्षीय सलिजा कान्दङवा छन् । जिल्ला अदालत मकवानपुरको २०८१ माघ १३ गतेको फैसलाले उक्त मुद्दामा दुई वर्ष कैद सजाय ठहर भई फरार रहेका उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
रुपन्देहीको सिद्धार्थ नगरपालिका–१० स्थित रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै÷खेलाउँदै गरेको अवस्थामा १९ नेपाली नागरिक पक्राउ परेका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले उक्त क्यासिनोबाट गएराति उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट नगद रु ९५ हजार ५००, क्यासिनो क्वाइन ५० थान र मोबाइल १७ थानसमेत बरामद गरेको छ ।
पोखरा महानगरपालिका–१३ काहुँखोलाका ५१ वर्षीय चित्रबहादुर रानाभाटको इटजोन खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित १० जना पक्राउ गरेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ७७ हजार १८० र ८९९ पत्ती ताससहित पक्राउ गरेको हो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi