Skip to content

एनआईएमबीको सीईओ पक्राउप्रति बैंकिङ क्षेत्रको गम्भीर ध्यानाकर्षण, ‘थुनाबाहिर राखेर अनुसन्धान गर्न’ माग

nabil bank

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूका छाता संगठनहरूले नेपाल इन्भेष्टमेण्ट मेगा बैकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएका छन् ।

‘सुन अनि थुन’ सिद्धान्त अवलम्बन गर्नुपर्ने भए पनि अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउन पाण्डेलाई थुनाबाहिर राखी छानबिन अघि बढाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ।

बैंकर्स संघले कर्जा असुलीका कारण सीईओलाई पक्राउ गर्नुले बैंकप्रतिको जनविश्वास कमजोर हुन सक्ने, संस्थाको साखमा गिरावट आउन सक्ने तथा समग्र वित्तीय स्थायित्वमा असर पर्न सक्ने जनाएको छ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार बिहान पाण्डेलाई नियन्त्रणमा लिइएको थियो। उक्त घटनापछि बैंकर्सहरूले संयुक्त प्रतिक्रिया दिँदै बैंकिङ क्षेत्रको साख र स्थायित्वमा असर पर्ने काम सरकारले गरेको जानकारी दिएका छन् ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi