Skip to content

इप्पानमा सुरु भयो चुनावी माहोल: बरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोनको उम्मेदवारी, को-को अटाए समूहमा ? यस्तो छ घोषणापत्र

nabil bank

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)मा चुनावी माहोल सुरु भएको छ । आगामी ३ वर्षका लागि जेठ २९ गतेको साधारणसभाले चयन गर्ने नयाँ नेतृत्वका लागि विभिन्न समूह निर्वाचनमा होमिएका छन् ।

हालका बरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन हुनेछ । त्यसको बरिष्ठ उपाध्यक्षमा हालका उपाध्यक्ष उत्तम भ्लोनले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनले आफ्नो समूह नै बनाएका छन् ।

लामाले तयार पारेको समूहको उपाध्यक्षमा उत्तरकुमार श्रेष्ठ, हिमप्रसाद पाठक, सुसन कर्माचार्य र बिक्रम विष्ट छन् । महासचिवमा सिए टिएन आचार्य र उपमहासचिवमा कविता कँडेलले उम्मेदवार बनेका छन् । यस्तै कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त रहेका छन् । उनी हाल पनि सोही पदमा छन् ।

लामा समूहबाट सचिवमा विजयमोहन भट्टराई, कुवेरमणि नेपाल, सुमन जोशी, शंकर बस्याल, अविज्ञा मल्लले उम्मेदवारी घोषणा छन् ।

यस्तै सदस्यमा अनुप आचार्य, जगतबहादुर पोखरेल, कदम केसी, वर्णद लामिछाने, इशा श्रेष्ठ र प्रतिमा ज्ञवाली रहेका छन् । सदस्यमा १० जना आवश्यक पर्ने भएकाले बाँकी पछि थपिने बताइएको छ ।

बुधबार समूहको घोषणा गर्दै लामाले आगामी दिनमा इप्पानलाई कसरी अघि बढाउने भनेर घोषणापत्र तयार पारेका छन् । घोषणापत्रको नाम इप्पान भिजन २०२९ राखेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi