Skip to content

गुणस्तरहीन पाइएपछि बजारमा पठाएका करेन्ट चाउचाउ फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं । यशोधा फुड्स प्रालिले उत्पादन गरेर बजारमा पठाएको सबै करेन्ट चाउचाउ फिर्ता गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्देशन दिएको छ ।

विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम संकलन गरिएको खाद्य पदार्थको नमुना प्रयोगशालामा परिक्षण गर्दा उत्पादकबाट उत्पादित उक्त खाद्य पदार्थमा एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरुप नपाईएको जनाएको छ ।

स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) को प्रावधान बमोजिम उक्त व्याचका सबै खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता गर्न विभागले आदेश दिएको हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T