Skip to content

इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई रिहा गर्न सर्वोच्चको आदेश

nabil bank

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी निर्देशक (सीईओ) ज्योति पाण्डेलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

आज न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्तिसिंह थापाको इजलासले पाण्डेलाई रिहा गर्न आदेश दिएको हो । पाण्डेको श्रीमती निरु दाहालले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो ।

बिहीबार न्यायाधीश अजीज मुसलमानको इजलासले रिटमाथि सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको थियो । सर्वोच्चले अन्तरिम आदेश दिने कि नदिनेबारे निर्णय गर्न दुवैपक्षलाई आज छलफलका लागि बोलाएको थियो ।

पाण्डेलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले स्मार्ट टेलिकमका उपकरण लिलामी गरेको विषयमा ठगी तथा आपराधिक विश्वासघात गरेको भन्दै पाण्डे पक्राउ गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi