Skip to content

आगामी हप्ता लगातार ४ दिन सार्वजनिक बिदा

nabil bank
काठमाडौं । सरकारले २०८३ साल जेठ १४ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले जारी गरेको सूचनाअनुसार मुस्लिम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अज्हा) का अवसरमा उक्त दिन सार्वजनिक बिदा दिइने भएको हो ।
मिति २०८२ फागुन १८ गते प्रकाशित नेपाल राजपत्रमा बकर ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेकामा मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार यस वर्ष बकर ईद जेठ १४ गते परेको जनाइएको छ । सोही आधारमा सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।
यससँगै आगामी हप्ता लगातार चार दिन बिदा पर्ने भएको छ । जेठ १५ गते शुक्रबार गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा रहेको छ भने त्यसपछि १६ गते शनिबार र १७ गते आइतबार नियमित साप्ताहिक बिदा परेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi