काठमाडौं । एभरेष्ट कलर कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले जेठ २२ देखि सर्वसाधारणका आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पुँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशतले हुने ७ करोड ९० लाख रुपैयाँको ७ लाख ९० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ ।
जसमा ७९ लाख रुपैयाँको ७९ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, ३९ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोष र १५ हजार ८०० कित्ता सेयर कर्मचारीका लागि निष्काशन गरेको छ ।
सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ६ करोड ५५ लाख ७० हजार रुपैयाँको ६ लाख ५५ हजार ७०० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म सम्म आवेदन दिन सकिने छ । आईपीओमा लगानीकर्ताले जेठ २७ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असार ५ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।












प्रतिक्रिया दिनुहोस्