Skip to content

सहकारी क्षेत्रबाट १० खर्ब २९ अर्ब बचत परिचालन, ९ खर्ब ५ अर्ब कर्जा प्रवाह

nabil bank
काठमाडौं । सहकारी क्षेत्रमा १० खर्ब २९ अर्ब ५७ करोड बचत परिचालन भएको छ भने ९ खर्ब ५ अर्ब ४८ करोड कर्जा प्रवाह भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज संघीय संसद्का दुवै सदनमा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्दैं यस्तो बताए ।
उनका अनुसार गत फागुनसम्म सहकारी संस्थाको सङ्ख्या ३२ हजार ३ सय २५ रहेको छ । यस अवधिसम्म सेयर सदस्य सङ्ख्या १ करोड १ लाख ६० हजार ९ सय ६३ र सेयर पुँजी रु.१ खर्ब ४३ अर्ब २९ करोड रहेको छ ।
 फागुनसम्म सहकारी क्षेत्रमा ८२ हजार २ सय १६ प्रत्यक्ष रोजगार रहेका छन् । सहकारीसम्बन्धी एकीकृत तथ्याङ्कको लागि विकास गरिएको सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणाली कोपोमिसमा २०८१ असारसम्म १८ हजार ८ सय ९७ सहकारी संस्था आबद्ध भएकोमा २०८२ फागुनसम्ममा यस्तो सङ्ख्या १९ हजार ९ सय ३ पुगेको छ ।
 राष्ट्रिय सहकारी नियमन प्राधिकरणले नेपालको सहकारी क्षेत्रको नियमन गर्दै ८३४ सहकारी संस्थालाई सञ्चालन इजाजतपत्र प्रदान गरेको छ ।   बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ तथा नियामकीय मापदण्ड, २०८२ (पहिलो संशोधन) जारी भएको छ ।
६४ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयबाट समस्याग्रस्त घोषित २३ सहकारी संस्थामध्ये ३ संस्था राफसाफ भइसकेका छन् । बाँकी २० समस्याग्रस्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी हुन बाँकी रहेको छ ।
हालसम्म विभिन्न चरणमा कुल ८० हजार ८७ दाबीकर्ताहरूको ४७ अर्ब ६० करोड १३ लाख मागदाबी दर्ता भएकोमा हालसम्म ३ हजार ६ सय ८८ दावीकर्तालाई पूर्ण रुपमा कुल २ अर्ब ५४ करोड ६८ लाख माग दाबी भुक्तान गरिएको छ ।
साथै चालु आर्थिक वर्षको फागुनसम्म ८ हजार ७ सय ६३ दावीकर्तालाई १२ करोड २३ लाख रकम फिर्ता गरिएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi