Skip to content

खानी प्राधिकरण स्थापना गरिने, दैलेखमा पेट्रोलियम उत्खनन अघि बढाइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत खानी प्राधिकरण स्थापना गर्ने घोषणा गरेको छ। खानी तथा खनिज क्षेत्रको समग्र विकास, नियमन र अन्वेषणलाई प्रभावकारी बनाउन नयाँ प्राधिकरण स्थापना गरिने अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषणमा बताएका हुन्।

यसैगरी सरकारले दैलेखमा रहेको पेट्रोलियम पदार्थ उत्खनन कार्यलाई अघि बढाउने भएको छ। प्रारम्भिक अध्ययन तथा सम्भावनाका आधारमा उक्त क्षेत्रमा थप अन्वेषण र उत्खननका लागि आवश्यक कदमहरू चालिने उल्लेख गरिएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T