Skip to content

नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुने, भारतदेखि मलेसियासम्मको सहभागीता हुने

nabil bank

काठमाडौ‌ । आगामी असोज १ गतेदेखि ४ गतेसम्म ‘नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी’ हुने भएको छ । नेपाल जग्गा तथा आवास विकास महास‌घ, नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल चेम्बर अफ कमर्शको संयुक्त आयोजनामा ‘नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी’ हुन लागेको हो ।

प्रदर्शनीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा महासंघका महासचिव रोशन भोयधोले ‘दिगोपनाका लागि हरियाली’ भन्ने मूल नाराका साथ उक्त प्रदर्शनी आयोजना गरिने जानकारी दिए । ‘आवासको हक र व्यवस्थित सहरीकरणमा जोड’ दिने उद्देश्यसहित आयोजना हुने प्रदर्शनीको व्यवस्थापन सिआ इभेन्ट एसोसिएट्स प्रालिले गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महासचिव भोयधोले संविधानले आवासको हकलाई नागरिकको मौलिक हकका रूपमा अङ्गीकार गरेको परिप्रेक्ष्यमा उक्त प्रदर्शनीले सुरक्षित, व्यवस्थित र किफायती आवास विकासमा सहयोग पुग्ने बताए ।

घरजग्गा व्यवसायी र उपभोक्तालाई एकै ठाउँमा भेला गराई नयाँ प्रविधि, उत्पादन र बजारको वास्तविक अवस्थाबारे जानकारी गराउनु मेलाको मुख्य उद्देश्य रहेको उनले बताए ।

प्रदर्शनीमा उत्पादन तथा सेवाका एक सयभन्दा बढी स्टल रहने, भवन, संयुक्त आवास र जग्गा विकासका ठूला आयोजना, फलाम, स्टिल, सिमेन्ट, इँटालगायत निर्माण समाग्री, विद्युतीय सामान, आधुनिक फर्निचर, पाइप तथा फिटिङ्स, सेनेटरी वेयर्स, पेन्ट्स, सेरामिक, सिसा, टायल, घर सजावटका सामग्री, नवीकरणीय ऊर्जा, बैंक, बिमा कम्पनीलगायतको सहभागीता रहने जनाइएको छ । यस्तै भारत तथा मलेसियाको पनि सहभागीता रहने बताइएको छ।

सङ्घका अध्यक्ष इन्जिनियर दीपक कुँवरले वर्तमान समयमा घरजग्गा व्यवसायमा देखिएको शिथिलताका बीच हुन लागेको प्रदर्शनीले नेपालको ‘रियल स्टेट’ क्षेत्रमा सकारात्मक ऊर्जा थप्ने बताए । उपभोक्ताले आफ्नो बजेट र रोजाई अनुसारको घर वा जग्गाको उचित मूल्यमा छनोट गर्न सक्ने उनले बताए ।

यस्तै, इन्जिनियर, ‘आर्किटेक्चर’ र सहरी योजनाकारबीचको समन्वयले नेपालमा आधुनिक र वातावरणमैत्री सहरीकरणको जग बसाल्न मद्दत पुग्ने इन्जिनियर कुँवरको भनाइ छ । मेलामा सम्बन्धित क्षेत्रका विज्ञबाट उपभोक्तालाई प्रत्यक्ष परामर्श सेवासमेत प्रदान गरिने जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi