Skip to content

सरकारले सेजको बजेट ३७ करोड २६ लाखले घटायो

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि औद्योगिक पूर्वाधार विकास कार्यक्रम (विशेष आर्थिक क्षेत्र–सेज समेत)को बजेट घटाएको छ। अर्थमन्त्रीले संघीय संसद्मा प्रस्तुत गरेको बजेटमार्फत उक्त कार्यक्रमका लागि ५६ करोड ३० लाख रुपैयाँ विनियोजन गरिएको हो।

यो रकम चालु आर्थिक वर्षको संशोधित बजेटको तुलनामा उल्लेख्य रूपमा कम हो। चालु आर्थिक वर्ष २०८२-८३ मा सरकारले संशोधित अनुमानमार्फत औद्योगिक पूर्वाधार विकास कार्यक्रमका लागि ९३ करोड ५६ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो।

आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटसँग तुलना गर्दा ३७ करोड २६ लाख रुपैयाँले कमी आएको देखिन्छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T