Skip to content

कार्की आयोगलाई बयान दिएको थिईन, अब सम्पत्तिमा खरानी मात्रै छ त्यही लैजा सरकार: अध्यक्ष ओली

nabil bank

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले जेनजी आन्दोलनपछि गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई आफूले बयान नदिएको दाबी गरेका छन् ।

आज आयोजित कार्यक्रममा उनले आयोगले बयानका लागि प्रश्न पठाएको र त्यो प्रश्न समेत आफुले नबुझेको दाबी गरे ।

‘मैले बयान दिइनँ, तर आयोगले बयान दियो भनेर छाप्यो’ उनले भने’आयोगले मलाई प्रश्नपत्र पठाएको थियो । मैले म बयान दिन्नँ भनेर फिर्ता पठाइदिएँ । तर मैले बयान दिइनँ ।’

कार्यक्रममा उनले सम्पत्ति छानबीन आयोगलाई बयान नदिने बताए ।

उनले सम्पत्ति छानबिन आयोग नस्वीकार्ने बताए । ‘यस्ता आयोगलाई हामी मान्यता दिदैनौं । अरु कसैले बयान दिए पनि म चाहिँ बयान दिन्नँ,’ ओलीले भने, ‘त्यसमा सम्पत्ति विवरण भरेर पठाइदिनँ । जे जे गर्न सक्छ गरुन ।’

उनले आफ्नो सम्पत्ति जेनजी आन्दोलनका नाममा खरानी भइसकेकाले विवरण नभर्ने बताए । ‘मेरो सम्पत्ति विवरण खरानी भइसकेको छ । अब त्यही खरानी भरिदिने मैले,’ उनले भने, ‘सम्पत्ति विवरण फेरि चाहियो ? आगो लगाएर पुगेन, सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार । के को सम्पत्ति विवरण ?’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi