Skip to content

क्यान महासंघद्वारा ‘सार्वभौम एआई’ र डिजिटल रूपान्तरणको राष्ट्रिय मार्गचित्र सार्वजनिक

nabil bank

पोखरा । नेपालको सूचना प्रविधि क्षेत्रमा दूरगामी प्रभाव पार्ने उद्देश्यका साथ कास्कीको पोखरामा आयोजित बहुप्रतीक्षित प्रादेशिक भेला ‘डिजिटल गण्डकी सम्वाद २०२६’ भव्यताका साथ सम्पन्न भएको छ ।

क्यान महासंघ गण्डकी प्रदेश र क्यान महासंघ कास्की शाखाको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमले नेपालको डिजिटल अर्थतन्त्रलाई गति दिन नयाँ रणनीतिक आधार तय गरेको छ।

डिजिटल रूपान्तरणको नयाँ खाका

कार्यक्रमका मुख्यवक्ता एवं क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा डिजिटल ट्रान्सफर्मेसन लिडर चिरञ्जीवी अधिकारीले “डिजिटल गण्डकी सम्वाद २०२६: सार्वभौम एआई र रणनीतिक नीतिगत वकालत मार्फत नेपालको राष्ट्रिय सूचना प्रविधि एजेन्डाको प्रवर्द्धन” शीर्षकमा एक ऐतिहासिक कार्यपत्र प्रस्तुत गरे । उनले क्षेत्रीय आत्मनिर्भरता, सुरक्षित पूर्वाधार र डाटा सार्वभौमिकता प्राप्तिका लागि ठोस नीतिगत मार्गचित्र सार्वजनिक गरे ।

यस अवधारणाको प्रशंसा गर्दै क्यान महासंघ गण्डकी प्रदेशका अध्यक्ष गुणनिधि पाण्डेले भने, “डिजिटल ट्रान्सफर्मेसन लिडर चिरञ्जीवी अधिकारीद्वारा विकास तथा सुरुवात गरिएको यो दूरगामी अवधारणागत खाका अत्यन्तै सराहनीय छ। सार्वभौम एआई र रणनीतिक नीतिगत वकालतमा आधारित यो खाका प्रदेश तथा समग्र राष्ट्रको डिजिटल एजेन्डालाई अगाडि बढाउनका लागि एउटा महत्त्वपूर्ण जग हो।”

सम्मेलनमा उपस्थित प्रविधि क्षेत्रका अगुवाहरूले यस योजनालाई कार्यान्वयन तहमा लैजान ऐक्यबद्धता जनाए ।

क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवर ( कार्यवाहक अध्यक्ष अधिकारीको दूरदर्शी दृष्टिकोणले नीति र कार्यान्वयनलाई जोड्ने उत्कृष्ट मार्ग प्रदान गरेको बताउँदै, क्यान कास्की यसलाई वास्तविकतामा बदल्न पूर्ण प्रतिबद्ध रहेको जनाए ।

आईसीटी कोअपरेटिभ पोखराका अध्यक्ष सबी शेरचनले इन्टरनेट संरचना, डिजिटल भुक्तानी र सुरक्षित डिजिटल सुशासनका विषयमा प्रस्तुत अन्तर्दृष्टिले स्थानीय तहको प्राविधिक विकासमा ठूलो टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

क्यान महासंघले उच्च-स्तरीय उद्देश्यहरूलाई मापनयोग्य परिणाममा बदल्न सरकार समक्ष विभिन्न ५ बिषय अघि सारेको छ । जसमा

आईटी उद्योगलाई प्रोत्साहन: स्वदेशी आईटी कम्पनीहरूका लागि १ प्रतिशत कर्पोरेट कर दर कायम गर्न नीतिगत वकालत, स्वदेशी सफ्टवेयर प्राथमिकता: सार्वजनिक खरिद ऐनमा संशोधन गरी “नेपालमा निर्मित सफ्टवेयर” लाई अनिवार्य प्राथमिकता रहेको छ ।

सार्वभौम एआई र सुशासन: स्थानीय प्रशासनिक सेवाहरूलाई स्वचालित बनाउन स्थानीय भाषामै आधारित ‘लार्ज ल्याङ्ग्वेज मोडेल’ को परिचालन, राष्ट्रिय सुरक्षा मापदण्डमा सबै स्थानीय तहका पोर्टलहरूमा अनिवार्य सुरक्षा अडिट र डेटा सुरक्षा सुनिश्चितता रहेको छ ।
यस्तै गण्डकीको जलविद्युत क्षमताको उपयोग गर्दै पोखरामा वातावरणमैत्री डाटा सेन्टर र आईसीटी इनोभेसन ल्याबको स्थापना गर्न माग गरेको छ ।

सम्मेलनमा डिजिटल विभाजनको समस्या औंल्याइएको थियो । ४३४ भन्दा बढी स्थानीय सरकारहरूको विश्लेषण अनुसार करिब ६ प्रतिशत वडा कार्यालयहरूमा अझै पनि विद्युतको पहुँच छैन र ५ प्रतिशतमा इन्टरनेट सुविधा छैन। यसलाई सम्बोधन गर्न ‘डेटा फर डिसिजन मेकिङ’ प्रणालीमा जोड दिइएको छ।

सम्मेलनले नेपालको संविधानका तीनवटा स्तम्भहरू सहकारिता, सहअस्तित्व र समन्वय लाई आत्मसाथ गर्दै संघीय र प्रादेशिक सरकारसँगको सहकार्यमा डिजिटल नेपालको परिकल्पनालाई साकार पार्ने निष्कर्ष निकालेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi