Skip to content

आगामी मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव, बजेटका कार्यक्रम र लक्ष्य अनुसार अघि बढ्ने

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिका लागि सुझाव मागेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार असार ५ गतेसम्म आगामी मौद्रिक नीतिका लागि सुझाव दिइसक्नु पर्ने छ ।

राष्ट्र बैंकका अनुसार नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम यस बैंकले तर्जुमा गर्ने आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि राय/सुझाव २०८३ असार ०५ गते भित्र आर्थिक अनुसन्धान विभागको इमेलमा पठाउन सकिने छ ।

आगामी आवको मौद्रिक नीति बनाइरहेको छ ।

यता नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले बजेटमार्फत केही कार्यक्रम र लक्ष्यहरू निर्धारण भइसकेकाले सोही आधारमा मौद्रिक नीति निर्माण हुने बताएका छन् ।

उनले अहिले राष्ट्र बैंकले बजारको प्रतिक्रियालाई नजिकबाट अध्ययन गरिरहेको जानकारी दिएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi