Skip to content

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

nabil
global ime

काठमाडौं । यहाँस्थित स्वीकृति विना अस्थायी÷स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक जग्गा खाली गर्न आग्रह गरिएको छ। कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व–पश्चिम महेन्द्र राजमार्गको अतिक्रमित करिब ८० प्रतिशत जमिन तत्काल खाली गर्न सडक विभागले आग्रह गरेको हो ।

सडक सीमा अतिक्रम गरी निर्माण भएका संरचना नहटाए सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को उपदफा (३) बमोजिम हटाइने र सो कार्यबापत लाग्ने खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गर्ने व्यवस्था छ ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरले पन्ध्र दिने सूचना जारी गरी सडक सीमा सडक केन्द्रबाट २५÷२५ मिटर दायाँबायाँ कायम रहेको जनाउँदै सार्वजनिक जमिन खाली गर्न आग्रह गर्दै आएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख राजेशकुमार यादवले जानकारी दिनुभयो ।

गड्डाचौकीदेखि चिसापानीसम्मको १२६ किलोमिटर खण्डको धेरै ठाउँमा लामो समयदेखि अस्थायी टहरा, प्रतीक्षालय, शौचालयलगायत संरचना निर्माण भएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T