काठमाडौ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका अध्यक्ष गणेश कार्कीले `सनसेट ल´ अध्यादेश मार्फत छिटो ल्याउन सरकारलाई आग्रह गरेकका छन् ।
इप्पानको २४ आै बार्षिक साधारणसभामा उनले संसदबाट नियमित रुपमा ल्याउँदा डेढ २ बर्ष लाग्ने भन्दै अध्यादेश माफर्त ल्याउन आग्रह गरे ।
उनले सरकारलाई १८० दिन भित्रै पीपीएको काा सक्मन आग्रह गरे । ऊर्जा उद्यमीहरुले लामो समय देखि आरसीओडी, हाईड्रो पेनाल्टीको बिषय उठाउँदै आएको र राज्य नसुनेको उनको गुनासो छ ।
कार्यक्रममा अध्यक्ष कार्कीले धितोपत्र बोर्डमा धेरै काम रोकिने र बोर्डले तालुकदार मन्त्रालयसँग कतिपय काम समन्वय गर्न भनेका कारण यसमा पनि ध्यान दिन आग्रह गरे ।
उनले आईपीओका लागि आवेदन दिएका कम्पनीले सहजै सेयर निष्कासन गर्ने व्यवस्था गर्न आग्रह गरे ।
अध्यक्ष कार्कीले राष्ट्र बैंकले ल्याउने आगामी मौद्रिक नीति पनि ऊर्जा प्रवर्द्धक मैत्री हुनुपर्ने माग गरे ।












प्रतिक्रिया दिनुहोस्