Skip to content

काठमाडौं महानगरले सडकका कुकुर र बाँदर व्यवस्थापन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–०८४ मा सडक कुकुर तथा बाँदरको संख्या नियन्त्रण र व्यवस्थापनलाई प्राथमिकतामा राखेकाे छ।

महानगरले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रममा पशु कल्याण सुनिश्चित गर्दै सडक कुकुर तथा बाँदरको व्यवस्थापनका लागि मानवीय, वैज्ञानिक तथा प्राविधिक उपायहरू अवलम्बन गरिने उल्लेख गरिएको छ।

नीति तथा कार्यक्रमअनुसार सडकमा रहेका कुकुर र बाँदरको संख्या नियन्त्रण गर्न प्रभावकारी व्यवस्थापन प्रणाली लागू गरिनेछ। यसक्रममा पशुहरूको संरक्षण र कल्याणलाई ध्यानमा राख्दै आधुनिक प्रविधि तथा वैज्ञानिक विधिको प्रयोग गरिने महानगरको योजना छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T