Skip to content

काठमाडौं महानगरको नीति कार्यक्रममा छलफल सुरु

nabil
global ime

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न ११ क्षेत्रका १०१ बुँदामा प्रस्तुत गरेको नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु भएको छ ।

महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आइतबार आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम पेस गरेकी थिइन् ।

राष्ट्रिय सभागृहमा आयोजित नगरसभाको १९ औँ अधिवेशन बैठकमा उनले महानगरपालिकाको दीर्घकालीन सोच, उद्देश्य र योजना, तथा चालु आव २०८२/०८३ मा सम्पन्न हुन बाँकी बहुवर्षीय कार्यक्रमलाई सम्बोधन गर्ने नीतिलाई निरन्तरता दिँदै नीति तथा कार्यक्रम पेस गरेकी छिन् ।

उनले नीति तथा कार्यक्रम कार्यान्वयनमा सहभागिता र सक्रियताको अपेक्षा गर्दै अन्तर सरकार समन्वय र साझेदारिताबाट मात्र लक्ष्य हासिल गरिने बताइन् ।

नीति तथा कार्यक्रममा सुशासन तथा शासकीय प्रबन्ध, सामाजिक विकास, शिक्षा युवा तथा खेलकुद, प्रविधिमा आधारित सुलभ स्वास्थ्य सेवा, वातावरण तथा सरसफाइ, राजस्व परिचालन, सहरी योजना, पूर्वाधार तथा सहरी विकास, सम्पदा संस्कृति तथा पर्यटन, सञ्चार तथा सूचना प्रविधि र उपभोक्ता हितलगायतका विधा समेटिएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T