काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
बैठकमा सांसद राजेन्द्र कुमार राईले मन्त्रीहरु खोजेपछि बैठक स्थगित भएको हो ।
आज ९ वटा मन्त्रालयको आगामी आवको बजेटका विषयमा छलफल भएको थियो । छलफलमा २ जना मात्रै मन्त्री सहभागी थिए । बाँकी ७ जना मन्त्री नभएपछि सांसद राईले सबै मन्त्री सहभागी नभइ आफ्नो कुरा राख्न नसक्ने र ७ जना मन्त्रीलाई बोलाउन सभामुखलाई आग्र्रह गरेका थिए । बैठकमा मन्त्रीहरु नभएपछि १५ मिनेटका लागि स्थगित भएको हो ।












प्रतिक्रिया दिनुहोस्