Skip to content

व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको आज विशेष अदालतमा थुनछेक बहस हुने

 

काठमाडौं । व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालका विषयमा आज विशेष अदालतमा थुनछेक बहस हुँने भएको छ ।

सम्पत्ति शुद्धीकरणको मुद्दा लागेका उनीहरुलाई आज विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासमा बयान गरिने छ । बयान पछि थुनछेक बहस हुने बताइएको छ ।

थुनछेक बहसपछि अदालतले थुनामा पठाउने या धरौटीमा छाड्ने आदेश दिने छ ।

सोमबार बयान नसकिएपछि न्यायिक हिरासतमा पठाइएको थियो । भट्टमाथि सम्पत्ति शुद्धीकरण गरे बापत २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार, ५९ रुपैयाँ बिगो दाबी गरिएको छ

सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न दीपक भट्टलाई चैत १९ मा पक्राउ गरिएको थियो । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल चैत २२ मा पक्राउ परेका थिए ।

हिमालयन रि–इन्स्योरेन्स सहितका कम्पनीहरूको रकम दुरुपयोग गरेर सम्पत्ति शुद्धीकरण गरेको कसुरमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको हो ।।

सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक भट्ट, शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल र शंकरलाल अग्रवाल, सन्दीप चाचन अग्रवाल र अमित मोर सहितलाई प्रतिवादी कायम गरिएको छ । सन्दीप चाचन ब्रोकिङ कम्पनी दलाल नम्बर ५५ को अध्यक्ष हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi