काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी, म्युचुअल फण्डका लागि निष्कासन गरिसकेको छ ।
त्यसपछि आजदेखि कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
कम्पनीले जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमा ८ लाख ६० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख ७२ हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको छ ।
कम्पनीले ३४ हजार ४०० कित्ता सेयर कर्मचारीका लागि, ८६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता सय रुपैयाँका दरले १४ करोड २७ लाख ६० हजार रुपैयाँका १४ लाख २७ हजार ६०० कित्ता सेयर निष्कासन गरेको छ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा असार ८ गतेसम आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असार १७ गतेसम्म आवेदन दिन सकिने छ ।
आईपीओमा धितोपत्र बोर्डबाट सी आश्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ ।












प्रतिक्रिया दिनुहोस्