काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट ४.२८५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२२५६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।









प्रतिक्रिया दिनुहोस्