काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एंव पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई थुनामा राखेर अनुसन्धान गर्नुको कारण पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै पत्नी दोमाया पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा अदालतले कारण देखाउ आदेश दिएको हो ।
आज न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा पेशी रहेको थियो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दिपक भट्ट र कमलकिशोर मालपानी समूहको सेयर लेनदेनमा चिनजान गराइदिएको बयानका आधारमा पौडेललाई पक्राउ गरी मंगलबार ५ दिनको म्याद थप गरेको छ ।









प्रतिक्रिया दिनुहोस्