Skip to content

राससमा रोजगारीको अवसर, कुन पदमा कति जनाको माग?

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)ले आर्थिक वर्ष २०८२–८३ का लागि विभिन्न सेवा, समूह तथा समावेशी समूहअन्तर्गत २० जना कर्मचारी भर्नाका लागि विज्ञापन प्रकाशित गरेको छ।

प्रकाशित सूचनाअनुसार समाचार सेवातर्फ समाचार दाता–वरिष्ठ सम्पादक, उपसमाचार दाता–उपसम्पादक, वरिष्ठ सहायक तथा सहायक पदमा खुला, आन्तरिक प्रतिस्पर्धा, महिला, आदिवासीरजनजाति, मधेशी र दलित समूहबाट आवेदन माग गरिएको छ।

यसैगरी, अर्थ तथा प्रशासन सेवातर्फ अधिकृत र सहायक तथा प्राविधिक सेवातर्फ अधिकृत (कम्प्युटर) पदका लागि पनि विभिन्न समावेशी समूहअन्तर्गत आवेदन खुलाइएको छ।

विज्ञापनअनुसार समाचार दाता–वरिष्ठ सम्पादकमा २, उपसमाचार दाता–उपसम्पादकमा ४, अधिकृतमा ३, वरिष्ठ सहायकमा १ तथा सहायक पदमा १० जना गरी जम्मा २० जना कर्मचारी नियुक्त गरिनेछ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले राससले तोकेको म्यादभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया, शैक्षिक योग्यता, उमेर, परीक्षा कार्यक्रम तथा अन्य विस्तृत विवरण राससले प्रकाशित गरेको आधिकारिक विज्ञापनमा उल्लेख गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima