काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरका विभिन्न क्षेत्रमा शाखा कार्यालय सञ्चालनका लागि घर–फ्ल्याट भाडामा लिन सातदिने सूचना प्रकाशित गरेको छ।
बैंकले चण्डोल, भाटभटेनी, नक्साल, नारायणचौर, विशालनगर तथा लाजिम्पाट क्षेत्रमा करिब १,००० देखि १,४०० वर्गफिट क्षेत्रफल भएको घर वा फ्ल्याट आवश्यक रहेको जनाएको छ। इच्छुक घरधनीहरूले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवश्यक कागजातसहित खामबन्द प्रस्ताव पेश गर्न सक्नेछन्।
बैंकका अनुसार प्रस्तावसँग घरजग्गाको स्वामित्व प्रमाणपत्र, नक्सापास प्रमाणपत्र, घर सम्पन्नताको प्रमाणपत्र तथा घरधनीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।
भाडामा दिने घर सडकसँग जोडिएको, पिल्लर प्रणालीमा निर्माण भएको तथा भुईँतला वा पहिलो तलामा कम्तीमा १,००० देखि १,४०० वर्गफिट क्षेत्रफल भएको हुनुपर्नेछ। साथै घर कुनै कानुनी विवादमा नपरेको र सडक मापदण्ड तथा सम्बन्धित निकायको मापदण्डअनुसार रहेको हुनुपर्ने बैंकले जनाएको छ।
बैंकले घर कम्तीमा १० वर्षका लागि भाडामा उपलब्ध गराउनुपर्ने सर्त राखेको छ। साथै रंगरोगन, भल्ट कोठा निर्माण, बाथरुम तथा शौचालय निर्माण, टायलिङ, फल्स सिलिङलगायत बैंकको आवश्यकताअनुसार उपलब्ध गराउन सकिने सुविधाबारे प्रस्तावमै स्पष्ट उल्लेख गर्नुपर्नेछ।









प्रतिक्रिया दिनुहोस्