Skip to content

विद्युत् सेवा नियमित गर्न उदयपुरका जेनजी युवाको माग

nabil
global ime

काठमाडौं । जेनजी युवा समूहले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा विद्युत् सेवालाई सुचारु गर्न माग गरेका छन्। जेनजी युवा फन्टका संयोजक सुरेन्द्र थापाका नेतृत्वको टोलीले सोमबार नेपाल विद्युत् प्राधिकरण कार्यालय प्रमुख मनोजकुमार झालाई ज्ञापनपत्र हस्तान्तरण गर्दै नियमित विद्युत् सुचारु गर्न माग गरेको हो ।

उनका अनुसार दैनिक विद्युत् अवरोध हुँदा जनताले सास्ती भोग्न परेको छ । जेनजी युवाका जिल्ला सचिव प्रवेश खड्काले पटक–पटक विद्युत् अवरोध हुने गरेको कारण बैंकसहित सरकारी कार्यालयमा ग्राहकले नियमित सेवा प्राप्त गर्न कठिनाइ हुन थालेको कारण जनगुनासो व्यापक उठ्न थालेकाले आफूहरुले विद्युत् नियमित सुचारु गर्न विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराएको बताए ।

कार्यालय प्रमुख झाले पछिल्ला दिन प्रायः दैनिक हावाहुरी चल्ने गरेको कारण विद्युत् सेवा अवरोध भइरहेको र आफूहरुले यस्तो अवरोध हटाउन नियमित प्रयास गर्दै आइरहेका जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T