Skip to content

महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश

काठमाडौ । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा नारायणदत्त कँडेल नेपालबाट बेलायत आवतजावत गरेको अभिलेख प्रमाणित प्रतिलिपि झिकाउन आदेश गरेको छ ।
 न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्तामा कँडेलको नियुक्ति बदर गर्न माग गर्दै दायर गरिएको रिट निवेदनमा उक्त प्रमाणित प्रतिलिपि झिकाउन आज आदेश गरेको हो ।
आदेशमा भनिएको छ, “महान्यायाधिवक्ता नियुक्ति गर्नेसम्बन्धी नेपाल सरकारबाट विसं २०८२-१२-२२ मा भएको निर्णयसहितको फायल पेसीको दिन देखाई फिर्ता लैजाने गरी महान्यायाधिवक्ताको कार्यालयमार्फत तथा २०१५ देखि सन् २०२४ सम्म डा कँडेल नेपालबाट बेलायत आवतजावत गरेको अभिलेख प्रमाणित प्रतिलिपि अध्यागमन विभागबाट झिकाई नियमअनुसार पेस गर्नू ।”
अधिवक्ताहरू शिराज बराल, माधवकुमार बस्नेत र दीपकराज जोशीले महान्यायाधिवक्तामा कँडेलको नियुक्ति बदर गर्न माग गर्दै छुट्टाछुट्टै रिट निवेदन दायर गरिएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T