काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साल्ट ट्रेडिङ कर्पोरेसनका सहायक प्रबन्धक मनोज कुमार झाविरुद्ध मुद्दा दायर गरेको छ ।
झाले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सेवा प्रवेश गरेको, बढुवा लिएको पाइएपछि उनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको आयोगले जनाएको छ ।
झाले सन् १९९८ मा मगध युनिभर्सिटी, बोधगयाबाट प्राप्त बीएससी रजि न ६४/९४ रोल न. एसएच ३६४३ को मार्क सिट, इमिग्रेसन सर्टिफिकेट, ट्रान्सफर सर्टिफिकेट, प्रोभिजनल सर्टिफिकेट लगायतको झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रहरू पेस गरेका थिए ।
उनले बिसं २०६४ सालमा साल्ट ट्रेडिङ कर्पोरेसनको प्रमुख सहायक (सहायक केमिष्ट) पदमा शुरु नियुक्ति लिएको आयोगले जनाएको छ ।
झालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय मागदाबी लिई मुद्दा दायर गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्