काठमाडौं । बिहीबारको प्रतिनिधिसभाबाट ४ वटा अध्यादेश प्रतिस्थापन विधेयक पास गरिने भएको छ। प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल सदनमा गरियोस्’ भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यसैगरी, सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । अनि प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुनमन्त्री गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नु कार्यसूची रहेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यसपछि विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ हुनेछ । अनि अर्थमन्त्री डा.वाग्लेले यो विधेयकलाई पारित गर्ने प्रस्ताव राख्नेछन् । आज नै प्रतिनिधिसभामा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ‘सहकारी ९पहिलो संशोधन० विधेयक, २०८३ माथि दफावार छलफल सदनमा गरियोस्’ भनेर प्रस्ताव गर्नेछन् ।
यो विधेयकमाथि पनि आज नै दफावार छलफल सकेर पास गर्ने कार्यसूची छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि दफावार छलफल र पारितको प्रस्ताव पनि पेश गर्दैसछन् । उक्त ४ वटै विधेयक अध्यादेश प्रतिस्थापन गर्ने विधेयक हुन् । संसद् अधिवेशन नरहेका बेला सरकारले ८ वटा अध्यादेश ल्याएको थियो । त्यसमध्ये चार वटा अध्यादेश प्रतिस्थापन विधेयक संसद्मा आएको हो ।





प्रतिक्रिया दिनुहोस्