Skip to content

सानिमा बैंकद्धारा नेपाल- भारत रियल टाइम पीटूपी भुक्तानी सेवा सुरु

काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउससंग सहकार्य गर्दै भारत(नेपाल रियल टाईम पर्सन टू पर्सन (पीटुपी) भुक्तानी सेवा सुरु गरेको छ । जसले दुई देशबीच सुरक्षित, छिटो र कम लागतमा रकम पठाउन तथा प्राप्त गर्न सुविघा प्रदान गर्दछ ।

यस सेवामार्फत भारत तथा नेपालका प्रयोकर्ताले बैंक खाताको विवरण साझा नगरी भर्चुअल पेमेन्ट एडे्रस (भीपीए) तथा यूपीआई आईडी प्रयोग गरेर रकामान्तर गर्न सकिन्छ । नेपाली प्रयोकर्ताले भीपीए मार्फत रकम प्राप्त गर्न सक्नेछन् भने भारतीय प्रयोकर्ताले यूपीआई आईडी प्रयोग गरी भारत(नेपालमा रकम पठाउन तथा प्राप्त गर्न सक्नेछन् । यसले सीमा पार भुक्तानी प्रक्रियालाई अझ सरल , सुरक्षित र सहज बनाएको छ ।

यो सुविघा विधार्थी , पेशागत ब्यक्तिहरु, यात्रु तथा भारत(नेपाल आवागमनमा निर्भर परिवारहरुका लागि आधुनिक र प्रभावकारी विक्लपका रुपमा उपयोगी हुनेछ ।

सानिमा बैंकले हाल देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय तथा १२७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi