Skip to content

करिब साढे ३ करोड अवैध सम्पत्ति आर्जन गर्ने पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध ३ करोड ४५ लाख ९९ हजार १६७ रुपैयाँको अवैध सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार गुप्ताले गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि २०७४ असार २० देखि २०७९ असार २८ सम्मको अवधिमा वैधानिक रूपमा ३ करोड ५१ लाख ५२ हजार ६२० रुपैयाँ ८८ पैसा आम्दानी गरेको देखिएको छ ।

यो अवधिमा उनले ६ करोड ९७ लाख ८१ हजार ७८८ रुपैयाँ ७३ पैसा खर्च तथा लगानी गरेको आयोगले जनाएको छ ।

आयोगका अनुसार गुप्ताको कुल वैधानिक आम्दानीभन्दा ३ करोड ४५ लाख ९९ हजार १६७ रुपैयाँ ८४ पैसा बढी खर्च तथा लगानी भएको देखिएको छ ।

अनुसन्धानका क्रममा उनको सम्पत्ति विवरण वास्तविक आय–व्ययसँग मेल नखाएको जनाएको छ ।

आयोगले गुप्ताविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद, बिगोबमोजिम जरिवाना तथा अवैध सम्पत्ति जफतको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगले गुप्ताले आर्जन गरेको भनिएको स्रोत नखुलेको सम्पत्तिबाट खरिद गरिएका सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनका बुबा बंशराज गुप्ता, आमा धानमती तेली तथा श्रीमतीहरू शारदा आचार्य गुप्ता र सुलोचना गुप्तालाई पनि प्रतिवादी कायम गरेको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T